सुजुकीका गाडीहरुको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले कम्पनीको पछिल्लो नयाँ गाडी एस–प्रेसोको बुकिङ नेपालमा खुल्ला गरेको छ। कम्पनीले नयाँ गाडीमा भएको एसयूभी डिजाइन तथा अत्याधुनिक स्वरुपले पेसेन्जर कारलाई नयाँ पहिचान दिने दाबी समेत गरेको छ।
यो कारको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो कारमा उच्च ग्राउन्ड क्लियरेन्स, बोल्ड स्वरुप र डिजाइनजस्ता फिचर रहेका छन्। यो कार सहरका कच्ची सडकमा समेत उपयोगी हुने कम्पनीले जनाएको छ।
के छन् फिचर?
एस–प्रेसोले १ लिटर पेट्रोल इन्जिन, ६८ पीएसको उच्च पावर र प्रतिलिटर २१.७ किमि माइलेज दिने कम्पनीले जनाएको छ। यो कार पाँचौँ पुस्ताको हार्टेक्ट च्यासिसमा निर्माण गरिएको छ।
यसलाई सुरक्षित र चलाउन सजिलो हुने विश्वास पनि गरिन्छ। ५५ सय आरपीएममा ६७ बीएचपी र ३५ सय आरपीएममा ९० एनएम टर्क क्षमता यो गाडीले दिन सक्छ। फाइभस्पिड गियरबक्स यो गाडीमा रहेको छ।
त्यस्तै मारुतीको स्मार्टप्ले टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटीजस्ता इन्टेरियर फिचरहरु समेत यसमा रहेको बताइएको छ।
Shares
प्रतिक्रिया