कार उत्पादक कम्पनी टेस्लाले गत बिहीबारमात्र आफ्नो नयाँ साइबरट्रक सार्वजनिक गरेको थियो।
सोही साइबारट्रक र विश्वचर्चित कार उत्पादक कम्पनी फोर्डको एफ–१५० कार कुन बलियो भन्ने हालै प्रतिस्पर्धा गरिएको छ।
उक्त प्रतिस्पर्धामा टेस्लाको साइबरट्रक बलियो सावित भएको देखियो। डोरिले बाँधिएका सवारीहरु दुईतर्फ फर्किएर कुदाउन खोज्दा फोर्डलाई साइबरट्रकले तानेको देख्न सकिन्छ।
(भिडियो)
यसघि साइबर ट्रक बुलेट प्रुफ भनिएको थियो। तर पत्रकार सम्मेलनमा उक्त कारको झ्याल एउटा फलामको डल्लोले चर्किएपछि टेल्सा प्रमुख एलन मस्कको आलोचना भएको थियो।
मस्कले साइबरट्रकका समस्या समाधान गर्ने बताएका छन्। एजेन्सी
Cybertruck pulls F-150 uphill pic.twitter.com/OfaqUkrDI3
— Elon Musk (@elonmusk) November 24, 2019
प्रतिक्रिया