पोखरा पोखरा–९ नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सभा आयोजनास्थल अगाडि भएको विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन।
सो चुनावी सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बेरपछि संवोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभामा सहभागी हुन प्रचण्डसहितका नेताहरु सभास्थलमा आईपुगेपछि साे विस्फोट भएकाे हाे।
चुनावी सभामा सहभागी हुन पोखराका विभिन्न क्षेत्रबाट कार्यकर्ताहरु आउने क्रम जारी रहेको छ।
प्रहरीले विस्फोटको पुष्टि गर्दै मानवीय क्षति नभएकाे र विस्फोट गराउनेकाे खाेजी भइरहेकाे जनाएकाे छ।
आज राति १२ बजेबाट माैन अवधि सुरु हुने भएकाले उपनिर्वाचनका लागि नेकपाको याे अन्तिम चुनावी सभा हो।
प्रतिक्रिया