नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ।
मनसुन एक्सचेन्ज मेला असार १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।
यस मनसुन एक्सचेन्ज मेलाको सिमित अवधि सम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै ५ लाख रुपैयाँ सम्मको छूट, ३ लाखसम्मको एक्सचेन्ज बोनस, २५ हजारसम्मको लोयल्टी बोनस, २७ हजार मुल्यको गाडी(एक्सेसरीजहरु, १ वर्ष सम्मको निः शुल्क बाटो कर, ३ वर्ष सर्विसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्नेछन्।
मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ। टेस्ट द्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन्।
प्रतिक्रिया