ad ad

ग्लोबल


लेबनानमा हवाई हमला गरी हिजबुल्लाहका १०० रकेट लन्चर नष्ट गरिएको दाबी

लेबनानमा हवाई हमला गरी हिजबुल्लाहका १०० रकेट लन्चर नष्ट गरिएको दाबी

इजरायलको दाबीअनुसार दक्षिणी लेबनानमा आक्रमणका लागि रकेट लन्चर तयार पारिएका थिए।


नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:१८, काठमाडौँ

इजरायलले आफ्नो लडाकु विमानले लेबनाममा तयार हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर नष्ट पारेको दाबी गरेको छ। 

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार ती लन्चर इजरायलमा आक्रमण गर्न तयार पारिएका थिए।

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आईडीएफको हवाई हमलामा निशाना बनाइएको छ।

लेबनानको राज्य-सञ्चालित राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले पनि उत्तरी इजरायलका सैन्य लक्ष्यमा हमला गरेको छ।

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले 'दुश्मनले सबै सीमा, नियम र रातो रेखा पार गरेको' बताएका थिए।

लेबनानभरि भएका पेजर र वाकी-टकी विस्फोटमा ३७ जनाको मृत्यु भएको थियो भने ३००० भन्दा बढी घाइते भएका थिए।

नसरल्लाहले यी आक्रमणलाई 'नरसंहार'को संज्ञा दिएका छन् भने यो हिजबुल्लाहका लागि ठूलो प्रहार भनेका छन्। 

उनले भने, ‘यसलाई युद्ध अपराध भन्नुस् वा युद्धको घोषणा- तपाईं यसलाई जे चाहानुहुन्छ त्यही भन्न सक्नुहुन्छ। यो शत्रुको नियत हो।’

अर्कातर्फ इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन्। 

२०२३ अक्टोबर ८  मा गाजाबाट हमासका सशस्त्र लडाकुले इजरायलमा आक्रमण गरेयता इजरायल र हिजबुल्लाहबीच तनाव जारी छ।

त्यसबेलादेखि हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता जनाउँदै इजरायलमा बमबारी जारी राखेको छ।

अपडेट शृंखला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .