ड्याट्सन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले बीएस ६ रेडी गो बुकिङ खुल्ला गरेको छ। चार्डपर्वलाई लक्षित गर्दै नयाँ गाडी ल्याउनलागेको हो।
पायोनियर मोटोकर्पले नयाँ रेडी गो बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई १ लाख रुपैयाँ छुट दिने बताएको छ।
यसअनुसार पहिलो ५० ग्राहकले हाल उपलब्ध नियमित ५० हजार छुटको अतिरिक्त सो छुट प्राप्त गर्दा १ लाख ५० हजार रुपैयाँ छुट पाउनेछन्। त्यसैगरी ग्राहकले एसेसरिज, इन्स्योरेन्स र सडक करछुट समेत प्राप्त गर्नेछन्।
ड्याटसन रेडी गो नेपालमा सस्तो ह्याचब्याक कार हो। नयाँ ड्याटसन रेडी गो बोल्ड र नयाँ इनोभेटिभ फिचरका साथ उपलब्ध छ।
१८७ एमएमको ग्राउन्ड क्लियरेन्स भएको रेडि गो मा यरब्याग, एबीएस, ८ इन्चको इन्फोटेनमेन्ट सिष्टम तथा पावर विन्डो र पावर स्टेयरिङ लगायतका विभिन्न सुविधा उपलब्ध छन्।
नयाँ रेडी गोको मूल्य २३ लाख ९९ हजार रहेको बताइएको छ।
प्रतिक्रिया