मारुती सुजुकीले नाडा अटो शोमा आफ्ना तीनवटा स्मार्ट हाइब्रिड कार प्रदर्शन गर्ने भएको छ। नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले तीनवटा उक्त कार प्रदर्शनीमा राख्नलागेको हो।
माइल्ड हाइब्रिड इन्जिनमा सियाज, आर्टिगा र एसक्रस गाडीहरु नाडा अटो शोमा सार्वजनिक हुनेछन्। स्मार्ट हाइब्रिड कार भनेकाे पेट्राेल इन्जिनसँगै ब्याट्री समेत जडान भएकाे कार हाे।
एसक्रसलाई तीन भेरिएन्टमा सार्वजनिक गरिने बताइएको छ। एसक्रस डेल्टाको मूल्य ४२ लाख ९९ हजार, जेटाको मूल्य ४५ लाख ९९ हजार र अल्फाको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको सिजी मोटोकर्पले बताएको छ।
कम्पनीका अनुसार आर्टिगामा तीन भेरिएन्ट सार्वजनिक गरिनुका साथै भीएक्सआईको मूल्य ३८ लाख ९९ हजार, जेडएक्सआईको मूल्य ४१ लाख ९९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
मोडल सियाजस मोडलमा भेरिएन्ट रहनेछन्। सियाज डेल्टाको मूल्य ३८ लाख २९ हजार, जेटाको मूल्य ४१ लाख २९ हजार र अल्फाको मूल्य ४४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया