सशस्त्र सीमा बल (एसएसबी) ले भारत–नेपाल सीमा पानीट्यांकीबाट एक नेपालीलाई दुईवटा ड्रोन क्यामेरासहित पक्राउ गरेको छ।
एसएसबीको टोलीले दुईवटा ड्रोन क्यामेरासहित झापा काँकरभिट्टानिवासी सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो।
एसएसबी ४१औं बटालियनका जवानहरूले नियमित जाँचका क्रममा नेपालबाट भारत लैजाँदै गरेका दुई ड्रोन क्यामेरासहित न्यौपानेलाई पक्राउ गरेको एसएसबीले जनाएको छ।
न्यौपानेले कुन उद्देश्यले ड्रोन क्यामेरा अवैध रूपमा भारत छिराइरहेका थिए? उनको योजना के थियो? भन्नेबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका लागि एसएसबीले पक्राउ परेका न्यौपाने र दुई ड्रोनलाई भन्सार अधिकारीलाई सुम्पेको छ।
प्रतिक्रिया