ad ad

अपराध


मित्रनगरस्थित खाजाघरबाट पेस्तोलसहित दुईजना पक्राउ

मित्रनगरस्थित खाजाघरबाट पेस्तोलसहित दुईजना पक्राउ

नेपालखबर
असार १२, २०७९ आइतबार १४:१३, काठमाडौँ

काठमाडौंको मित्रनगरस्थित एउटा खाजा घरबाट प्रहरीले कटुवा पेस्तोल एक थानसहित दुईजनालाई पक्राउ गरेको छ। 

शनिबार बिहानै २ बजे प्रहरी प्रभाग गोंगबु, नयाँ बसपार्कबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित खाजा घरबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं-१७ धोवीचौर घर भई वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासीको बर्दघाट-१४ चौपत्ता बस्ने ३० वर्षीय राजु विक रहेका छन्। 

उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एकथान, त्यसमा लाग्ने गोली एकथान, खोका एकथान र हातमा लगाउने फलामको पञ्च एकथान बरामद गरेको छ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को ‘इजाजत-पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने’ शीर्षकमा प्रहरी वृत्त महाराजगञ्‍जमा राखेर अनुसन्धान थालिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .