वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिमा–७ घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने वर्ष २७ की शोभा पौडेल रहेकी छन्।
उनले सिन्धुलीको दुधौली नगरपालिका१ बँका घर भई हाल तिनकुने बस्ने वर्ष ३१ को नारायण बोगटी समेत ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ।
न्युजिल्याण्ड जानको लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ मात्र लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा फ्रुट किपिङको काम लगाइदिन्छु, मासिक रु. १ लाख ७० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट सो रकम लिइ सम्पर्क विहीन भइ ठगी गरेकी हुन्।
वैदेशिक रोजगार विभागले प्रहरीको अपराध अनुसन्धान कार्यालयमा पक्राउका लागि पत्राचार भएकोमा कार्यालयबाट खटिएको प्रहरी टोलीले पौडेललाई कपन निलोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको। जनाइएको छ।
प्रतिक्रिया