कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–३ देखतभुलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र वडा नं - ३ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।
प्रहरीले बरामद गरेको चितुवाको एउटा छाला ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइ र अर्को छाला ७ फिट २ इन्च लम्बाइ २२ फिट ८ इन्च चौडाइको रहेको छ।
पक्राउ परेका दुवै जना निरञ्जनकै कुखुरा फार्ममा काम गर्ने कामदार हुन।
चितुवाको छाला पहाडबाट ल्याएर लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया