ad ad

अपराध


काठमाडौंमा हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौंमा हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने ३ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १८:४, काठमाडौँ

नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (मीनभवन) को टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत छन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पाण्डेको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ व्यक्तिले विसं २०७८ मङ्सिर २८ गते ज्ञानेश्वरमा एभरेस्ट लिङ्क इन्टनेसनल एजुकेसन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेन्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको  छ।

पक्राउ परेकामध्ये प्रदीप उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेको, विशालले पीडितको नाममा बैँकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका उनीहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर (काठमाडौँ) पठाइएको प्रवक्ता कोइरालाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .