बर्दियामा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्रेको छ।
जिल्लाको गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बीसी भन्ने टीकाराम बूढा क्षेत्रीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार उनलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया