धनुषामा आफ्नै पत्नीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।
प्रहरीका अनुसार श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६, मुसहर टोलका रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ पिएका रेबियाले पत्नी दुलारीलाई सिलौटाले छातीमा हान्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय (ढल्केवर) र प्रहरी चौकी (पोर्ताहा) बाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
48
Shares
प्रतिक्रिया