भक्तपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेका छन्।
प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा
सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ पक्राउ गरिएको हो।
ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
51
Shares
प्रतिक्रिया