हत्या आरोपमा जेल परेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि केन्द्रीय कारागारबाट रिहा भएका छन्।
कानुनले दिएको छुट उपयोग गर्दै रिहा भएका ७७ वर्षीय शोभराजलाई सिधै कालिकास्थानस्थित अध्यागमन विभाग पुर्याइएको छ। अब त्यहाँबाट उनलाई नेपाल फर्कन नमिल्नेगरी फ्रान्समा डिपोर्ट गरिँदै छ।
शोभराजलाई अध्यागमन पुर्याइएपछि उनकी प्रेमिका भनिएकी निहिता विश्वास र आमा भेट्न पुगेका छन्। अध्यागमनले अब आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै फ्रान्स पठाउनेछ।
600
Shares
प्रतिक्रिया