सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको छ। बलात्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अर्का युवक फरार भएका छन्।
सिरहा नगरपालिका - २२ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव पक्राउ परेका हुन्।
बलात्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए।
करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।
किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्। फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ।
93
Shares
प्रतिक्रिया