ad ad

अपराध


कपनमा दिनदहाडै भएको युवती हत्यामा संलग्न किन पत्ता लागेन?

कपनमा दिनदहाडै भएको युवती हत्यामा संलग्न किन पत्ता लागेन?

फाइल तस्बिर : निरु पाण्डे


नेपालखबर
बैशाख ९, २०८० शनिबार १४:१७, काठमाडौँ

बिहीबार दिउँसो काठमाडौंको कपनमा एक महिला आफ्नै पसलमा मृत फेला परिन्। कपनस्थित सरस्वती नगरमा रहेको भाँडा पसलमा ३२ वर्षीया निरु पाण्डे मृत अवस्थामा भेटिएकी हुन्। 

उनको शरीरका विभिन्न भागमा चक्कु हानिएको थियो। पसलमा आएका ग्राहकले उनलाई लडिरहेको देखेपछि घटना सार्वजनिक भएको थियो। 

प्रहरी र स्थानीयले निरुलाई तत्काल शिक्षण अस्पताल लगे तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

उनी त्यस दिन दिउँसो पसलमा एक्लै थिइन्। उनीहरुको त्यहीँ नजिकै अर्को पसल पनि छ। जहाँ निरुका श्रीमान् योगेश बस्ने गरेको बताइएको छ।

निरुको अर्घाखाँची माइती हो भने बागलुङको बडिगाड गाउँपालिका स्थायी घर हो। तर उनीहरु काठमाडौंमै बस्ने गरेका थिए। उनीहरुकी एक छोरी छन्। 

प्रहरीका अनुसार यी दुई पसल करिब २ मिनेट मात्र लाग्ने दूरीमा छन्। तर अर्को पसलमा रहेकी श्रीमतीको हत्या हुँदासमेत श्रीमान्‌ले पत्तो पाएनन्। अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं परिसरले घटनाको अनुसन्धान गरिरहेका छन्। उक्त पसलबाहिर रहेका सीसीटीभीका फुटेज संकलन गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

‘हामी फुटेज संकलन गरेर अनुसन्धान गरिरहेका छौं। पसलमा सीसीटीभी रहेनछ। आसपासका अन्य क्यामेराले क्याप्चर गरेका भिडिओहरु एनालाइसिस भइरहेको छ। तर अहिलेसम्म ठ्याक्कै निचोडमा पुगिसकेका छैनौं’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .