अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ हजार अमेरिकी डलरसहित भारत जान लागेका २१ वर्षय शिवम कुमार सैनी पक्राउ परेका हुन्। उनको साथबाट अमेरिकी डलर १ सय दरका ९० थान बरामद भएका छन्।
सैनीलाई मंगलबार राति पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले बताएको छ।
सैनी एयर ईन्डियाको उडानबाट काठमाडौंदेखि दिल्ली जाने तयारीमा थिए।
15
Shares
प्रतिक्रिया