आर्थिक वर्ष सकिन लाग्दा एशियाली विकास बैंकको ऋण तर्फको रकम थप निकासाको निर्णय भएको छ।
महालेखा नियन्त्रकको कार्यालयले जनकपुर र बाँके कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन जारी गर्दै १८ करोड ८० लाख रुपैयाँ थप निकाशाको लागि निर्देशन दिएको हो।
यसअघि असार मसान्त सम्मको लागि भन्दै ६९ करोड ४० लाख रुपैयाँ निकासा हुने महालेखाले जनाएको थियो।
आर्थिक वर्ष सकिन ४ दिन मात्रै बाँकी हुँदा थप रकमको लागि निकासा फुकुवा गरेको हो।
3
Shares
प्रतिक्रिया