संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनिफिल मिशन लेवनानमा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ।
कार्यक्रममा युनिफिलका सेक्टर ईष्ट कमाण्डर बृगेडियर जनरल ज्याभियर मुर लालागुना प्रमुख अतिथि थिए।
नेपालका लागि लेवनानी मानार्थ अवैतनिक दूत, सिनियर नेशनल अधिकृत, युनफिल मिशनमा तैनाथ अन्य कन्टिनजेन्ट कमाण्डर, स्थानीय नगरपालिकाका मेयरलगायतको उपस्थिती रहेको थियो।
उक्त समारोहमा प्रमुख अतिथिले आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको उच्च कदर गर्नुको साथै नेपाली शान्ति सैनिकहरुको व्यवसायीक क्षमताको खुलेर प्रशंसा गरेका थिए।
साथै, सोही अवसरमा नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी क्षेत्रमा सैनिक नागरिक सम्बन्ध विस्तारको लागि गरेका विभिन्न सिमिक गतिविधिहरुको उच्च मूल्याङ्कन गर्दै मेश ई जावेल नगरपालिका प्रमुखले श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फाका गणपतिलाई प्रसंशा पत्र समेत हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।
Shares
प्रतिक्रिया