इजरायलमा रोजगारीमा रहेका भोजपुरेहरुको संस्था भोजपुर सेवा समाजको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन्।
समाजको छैटौँ साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति बनेको हो।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सीता विष्टलाई चयन गरेको छ भने महासचिव सुनिता गुरुङ र कोषाध्यक्षमा रोजी गोले छन्।
समिति सदस्यहरूमा नमुना दाहाल, जीवन गोले, तेज गोले तामाङ, अन्जु भट्टराई, बिकास पाख्रिन र सरिता लुइँटेल छन्।
साधारण सभाले समाजको संरक्षकहरुमा कृष्ण रायमाझी, विष्णु पाख्रिन र अनु थापालाई चयन गरेको छ।
समाजको प्रमुख सल्लाहकार इन्दिरा अधिकारी र सल्लाहकार सरस्वती राई छानिएका छन्।
आफनो जिल्ला र मुलुकका लागि केही गर्ने उद्धेश्यका साथमा समाज गठन गरिएको अध्यक्ष पाख्रिनले बताए।
'जहाँ रहे पनि आफू जन्मेको ठाउँ स्वर्गभन्दा प्यारो हुन्छ। भोजपुर समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले एकजुट भएका हौँ', उनले भने।
यो संस्था सन् २०१७ मा स्थापना भएको थियो। समाजका हरेक क्षेत्रमा समस्या पर्दा यसले सहयोग गर्दै आइरहेको अध्यक्ष पाख्रिनले बताए।
उनले प्रवासी भोजपुरेहरुलाई एकीकृत गरी आफनो ठाउँ, संस्कृति, भौगोलिक अवस्थाको पहिचानका लागि संस्था बनेको बताउ। यसले सबै पक्षसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताएका छन्।
Shares
प्रतिक्रिया