प्रतिपक्षी दल नेकपा (एमाले) को प्रवासी संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको सम्मेलनले सञ्जय थापाको अध्यक्षतामा अन्तर्राष्ट्रिय कमिटी चयन गरेको छ। २९ सदस्यीय कमिटीको उपाध्यक्षमा रमेश पाण्डे, सचिव हेम शेर्पा र उपसचिवद्वयमा चानक पोख्रेल र कर्ण शाही चयन भएका छन्।
यही कार्तिक १९ र २० गते गरी दुई दिनसम्म चलेको उक्त अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
सम्मेलनमा विश्वका ३७ वटा देशका ३०० जना प्रतिनिधिहरुको सहभागिता रहेको मञ्चले जनाएको छ।
सम्मेलनले ‘प्रवासमा आर्जन गरेको पूँजीलाई मातृभूमिमा उपयोग गर्ने तथा सरकारसँग लगानी सुरक्षाको ग्यारेन्टीको माग सहित १२ बुँदे विशेष प्रस्ताव पनि पारित गरेको छ।
27
Shares
प्रतिक्रिया