ad ad

प्रवास


पाँच लाख रुपैयाँमा दुबईमा बेचिएकी नेपाली युवतीको उद्दार

बेचिएकी युवतीको उद्दारमा स्विडिस नागरिक दुबई पुगे
पाँच लाख रुपैयाँमा दुबईमा बेचिएकी नेपाली युवतीको उद्दार

नेपालखबर
चैत ९, २०७९ बिहिबार १४:४८, काठमाडौँ

दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्षीया ती युवतीलाई मानव तस्करीका गिरोहले दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बेचेका थिए।

उनको माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा उद्दार गरिएको हो। 

उक्त मानव तस्कर गिरोहमा ३२ वर्षीय दीपक मगर, ३० वर्षीय मौसम, ३५ वर्षीय पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायत संलग्न रहेको पीडितले बताएकी छन्। 

कल्पना कक्षा १२ मा अध्ययनरत थिइन्। कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन्। 

उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले प्रलोभनमा पारी दुबईमा बेचेको खुलेको छ।

उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्‍याएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्‍याउन आफैं पुगेको खुलेको छ।

दुबईमा बेचिएकी उनलाई पटक–पटक यौन शोषण गरिएको थियो। मानसिक तनाव पनि आफूले काम गर्न नसक्ने बताएपछि बेचिएको थाहा पाएकी थिइन् । 

उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको खुलेको छ। उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै मालिकले यातना दिएको उनले बताइन्। 

घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथनले जोन अबलेन लभ नेपालका अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि अनुरोध गरेका थिए । 

त्यसपछि बालकृष्ण र पुजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोको समन्वयमा उनको उद्दार गरिएको हो । 

यो घटनाबारे अहिले मानव बेचविखन तथा अनुसन्धान ब्युरोले अनुसन्धान थालिसकेको पाण्डले बताए। पीडितले पनि जाहेरी दिने तयारी गरेकी छन्।

स्वीडिस नागरिक जोनाथन र जोन अबलेनले उनलाई पढाउन कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुबई पुगेर उद्दारमा जुटेका पाण्डेले बताए।                                                                           

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .