ad ad

प्रवास


एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ

नेपालखबर
साउन १५, २०८० सोमबार १७:२५, काठमाडौँ

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन्।

कास्कीको मादी–९, गोर्जे जन्मथलो भएका गुरुङ एनआरएनए दक्षिण कोरियाको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

२९–३० जुलाईमा दक्षिण कोरियाको सिओल (सउल)मा आगामी कार्यसमिति (२०२३-२५) का लागि अनलाइनमार्फत् मतदान भएको थियो।

अध्यक्षमा गुरुङ २,५२१ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ मत प्राप्त गरेका थिए।

अध्यक्षका लागि तीन जनाको प्रतिस्पर्धा थियो। तेस्रो स्थानमा संजीवकुमार राई रहे। उनले ९८८ मत पाएका थिए।

कार्यक्रमको उद्घाटनका क्रममा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान (तामाङ) विजयी भएकी छिन्। उनी २,२१८ मतका साथ विजयी भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी परि गुरुङले भने १,५४६ मत ल्याइन्।

त्यस्तै, उपाध्यक्षमा तारा पुन मगर, हरिप्रसाद भट्टराई र सुनिल कन्दङ्वा विजयी भएका छन्। उनीहरूले क्रमशः १७५७, १४५१, १०९८ मत ल्याए।

महिला उपाध्यक्षमा १,४१४ मतका साथ आरती ह्योल्मो विजयी भएकी छन् भने महासचिवमा १,५११ मतका साथ केशव थापा विजयी भएका छन्।

त्यस्तै, सचिवका दुई पदमा १,६९९ मतका साथ पूर्णराम बुढा र १,२४० मतका साथ कमल भण्डारी विजयी भएका छन्।

कोषाध्यक्षमा भक्तबहादुर गुरुङ र सह-कोषाध्यक्षमा विष्णु बुढाथोकी निर्वाचित भएका छन्। गुरुङले १,९७८ मत र बुढाथोकीले १,६६५ मत प्राप्त गरे।

युवा संयोजकमा युविन श्रेष्ठ विजयी भएका छन्। उनले १,८१४ मत प्राप्त गरे। त्यस्तै, महिला संयोजकमा ली ऐरिन (निला राई) विजयी भएकी छिन्। उनले १,३३२ मत प्राप्त गरिन्।

सदस्यमा बिन्दु शाह (२,२०६), सपना अधिकारी (२,१३३), मिनजु ग्वाङ (१,७१०), सुदन जुहारचन (१,६१८), मंगलप्रसाद योङहाङ (१,५७९), विष्णु रेग्मी (१,४९१) र विष्णुबहादुर राखल (१,२८२) विजयी भएका छन्।

आईसीसी सदस्यमा बुद्धिप्रसाद नेपाल, दीपक पुन, हर्कमान गुरुङ र रोशन शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन्।

कुल मतदाता ४,४५८ भएको दक्षिण कोरियामा ३,७६६ मत खसेको थियो। यो जम्मा मतको ८४.५ प्रतिशत हो।

महाधिवेशन उद्‌घाटन सत्रमा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवर तथा पूर्व अध्यक्षहरू लक्ष्मी गुरुङ, यज्ञराज सुवेदी लगायतको उपस्थिति थियोे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल लगायत कोरियामा रहेका बुद्धिजीवीहरूले आफ्नो मन्तव्य राखेका थिए। ढकाल अतिथिको रुपमा कोरिया पुगेका थिए।

त्यस्तै, नेपाली राजदूतावास सिउलका राजदूत ज्योति प्याकुरेल पनि कार्यक्रमका अतिथिमा निम्त्याइएका थिए।

कार्यक्रम नेपालका पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीद्वारा उद्‌घाटन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .