नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई अमेरिकामा सम्मान गरिएको छ।
अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले सामाजिक अभियान्ता नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका हुन्।
अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदविरुद्ध साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितविरुद्ध हुने गरेका जातीय विभेदविरुद्ध निरन्तर अभियान चलाइरहेकी छन्।
उनको त्यही योगदानको कदरस्वरुप उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ।
सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लड्नु भएकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो।
उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियान्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली भएकी छन्।
Shares
प्रतिक्रिया