दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट १० नेपालीको मृत्यु भएको र तिनको नाम चाँडै सार्वजनिक गर्ने त्यहाँस्थित दूतावासले जनाएको छ।
४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन रहेका एकको खोजीकार्य जारी रहेको पनि दूतावासले जानकारी दिएको छ ।
नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा लेखिएको छ, 'निधन भएका नेपालीहरुको शव फिर्ता गर्न र इच्छुक नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।'
Shares
प्रतिक्रिया