अमेरिकास्थित नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पनि राजेन्द्र वाग्ले विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा ८ सय ८५ मत प्राप्त गर्दैै अध्यक्षमा वाग्ले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कमल सत्यालले ६ सय ११ मत ल्याए।
वाग्ले सन् २०२४–२०२५ सम्मका लागि पुनः एनएसटीको अध्यक्षमा चुनिएका हुन्।
नेपालमा भक्तपुरका स्थायी बासिन्दा वाग्ले डिभीमार्फत परिवारसहित अमेरिका गएका हुन्।
अमेरिकामा बस्ने नेपालीहरूले सन् १९९७ मा स्थापना गरेको उक्त संस्थामा हाल २ हजार ५ सय १२ जना सदस्य छन्।
शनिबार सम्पन्न निर्वाचनबाट एनएसटीको वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे कोषाध्यक्षमा रामकृष्ण यादव र सहकोषाध्यक्षमा गोविन्दराज जोशी निर्वाचित भएका छन्।
48
Shares
प्रतिक्रिया