दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट भित्र्याइएका च्याङ्ग्रा राजधानीमा बिक्री वितरण सुरु भएको छ।
यसवर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्रा बिक्री गरेको छैन। तर व्यापारीहरुले भने राजधानीमा खसीबोकासहित च्याङग्रा पनि बिक्री गरिरहेका छन्।
तिब्बतबाट च्याङ्ग्रा नआएपछि विगतको तुलनामा यसवर्ष मूल्य बढेको हो।
अघिल्लो वर्ष प्रतिगोटा ३० हजारसम्ममा बिक्री हुने च्याङ्ग्रा ४० हजारसम्म पर्ने व्यापारीहरु बताउँछन्।
उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गरेको छ।
69
Shares
प्रतिक्रिया