ad ad

कारोबार


स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न जोड दिएका छौँ : अर्थमन्त्री पौडेल

स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न जोड दिएका छौँ : अर्थमन्त्री पौडेल

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २१:२२, काठमाडौँ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नविन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारले जोड दिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

सरकारले स्टार्टअप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो।

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उनले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएको समेत बताए।

उपप्रधानमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तिय पहुँच अभिवृद्धि, नविन वित्तीय उपकरणको प्रयोग, बचत तथा कर्जा बिस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी बताए।

उनले भने,‘नविन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तिय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रवन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु। यस मान्यता अनुरुप सरकारले स्टार्ट अप र नवप्रवद्र्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको छ। यसै वर्षको बजेटमार्फत रु. एक अर्बको नेपाल स्टार्ट अप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ।’

उपप्रधानमन्त्री पौडेलले, ‘पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सावाँ ब्याँज फिर्ता हुने सुनिश्चितताका लागि कर्जा सुरक्षणको संस्थागत विकास गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएका छन्।’

अर्थमन्त्री पौडेलले बचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनावद्ध ढंगले लागि परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .