ad ad

कारोबार


ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १६:५९, काठमाडौँ

वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान् चाड तिहारको अवसरमा ‘ओपो तिहार अफर २०७८’, उपहार योजनाको घोषणा गरेको छ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन्। 

‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि  नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। स्थानीय महान चाडहरु उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले समय समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेका छौँ। ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो’ ओपो नेपालका ब्राण्ड डायरेक्टर, पियरसन शेनले भने।
 

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्ताले  सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ।

यसरी सहभागीहरु मध्यबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न सक्नेछन्। विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ।

ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .