सरकारले चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतमा हरिशरण पुडासैनीलाई नियुक्त गरेको छ।
भदौमा मन्त्रिपरिषद्को बैठकले उनलाई महावाणिज्य दूत नियूक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उनले सोमबार नियुक्तिको पत्र बुझेका हुन्। लामिछाने आगामी हप्ता चीन प्रस्थान गर्दै छन्।
यसअघिका महावाणिज्यदूत रवि भट्टराईको पदावधि सकिएपछि सन् २०१८ को जुनदेखि उक्त पद खाली थियो। कुञ्जन शाहले कायममुकायम महावाणिज्य दूतको कार्यभार सम्हालेका थिए।
मन्त्रिपरिषद्को भदौ ५ गते सार्वजनिक निर्णय अनुसार पुडासैनीलाई एक कार्यकालका लागि नियुक्त गरिएको हो। महावाणिज्यदूतको एक कार्यकाल ४ वर्षको हुन्छ।
प्रतिक्रिया