गौतम बुद्ध विमानस्थल शुक्रबार दिउँसोबाट बन्द भएको छ। वर्षा, हावाहुरी सँगै विमानस्थल नजिक चट्याङ परि उपकरणमा समस्या आउँदा विमानस्थल बन्द भएको हो।
विहान उडान गरिएको र दिउँसो ३ बजेपछि बन्द भएको विमानस्थलका निर्देशक सुरेश प्रसाद खनालले जानकारी दिए।
‘चट्याङको असरले हाम्रो सिस्टम डाउन भयो। अहिले कम्युनिकेसन सिस्ष्टम त बन्यो। लाइटिङ सिष्टमको एउटा पार्टले चाँही अझै पनि काम गर्न सकेको छैन’ उनले भने।
विमानस्थल बन्द हुँदा आजका ७ वटा जति उडान स्थगित भएको खनालले बताए। सकभर भोलि विहान नभए दिउँसोबाट उडान सुचारु हुने विमानस्थलले जनाएको छ।
174
Shares
प्रतिक्रिया