रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ।
भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो।
उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्।
जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ भने टायर पड्केको जहाजको चेकजाँच भइरहेको छ।
टायर पड्किएपछि अपराह्नसम्म अरु उडान अवरुद्ध भएको थियाे। अहिले अरु उडान सञ्चालन भएकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।
168
Shares
प्रतिक्रिया