खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ।
अफरअन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता दुई भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट जित्न सक्नेछन्।
साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आईफोन १३’ जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ।
यति मात्र नभई खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको २५० रुपैयाँको क्यासब्याकमा वृद्धि गरी ५ सय रुपैयाँ भएको छ।
खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘फ्लाईविथखल्ती’ प्रयोग गरी आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्।
यो अफर साउन ५ देखि भदौ १५ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्।
यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ।
Shares
प्रतिक्रिया