ad ad

कारोबार


राजनीतिक व्यक्तिमा न्युनतम प्राविधिक ज्ञान आवश्यकः उर्जामन्त्री पुन (भिडियाे)

राजनीतिक व्यक्तिमा न्युनतम प्राविधिक ज्ञान आवश्यकः उर्जामन्त्री पुन (भिडियाे)

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १३:१४,

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन्।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत तथा सिंचाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पुर्वाधारको विकास बिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताए। उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनैपनि आयोजना अगाडि बढ्न गाह्रो हुने बताए।

उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताए। मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताए।

मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताए। सरकारले पछिल्लो समय विभिन्न सुरुङ मार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पुर्वाधार र जनशक्ति दुवै तयार हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .