प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएको छ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो।
सहमतिअनुसार सञ्चालकमा ४ जना प्रभु बैंकबाट हुनेछन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछन्।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन् भने बैंकको स्वाप रेसियो १ अनुपात १ रहनेछ।
93
Shares
प्रतिक्रिया