ad ad

कारोबार


शासकीय सनकको भरमा हुने अपारदर्शी पूर्वाधार निर्माणबाट बचौँ : स्वर्णिम वाग्ले

शासकीय सनकको भरमा हुने अपारदर्शी पूर्वाधार निर्माणबाट बचौँ : स्वर्णिम वाग्ले

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:१७, काठमाडौँ

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले शासकीय सनकको भरमा अपारदर्शी पूर्वाधार निर्माणबाट बच्नुपर्ने बताएका छन्। 

आजबाट सुरु भएको पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै वाग्लेले विकास नेतामुखीभन्दा भविष्यमुखी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका हुन्। 

अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा बृहत् अध्ययन तथा अनुसन्धान, लक्ष्य निर्धारण, जोखिम तथा लाभको हेक्का राख्नुपर्ने उनको भनाइ छ।  

वाग्लेले आर्थिक विकासको लागि मुख्य ३ कुरामा ध्यान दिनुपर्ने बताए।

‘पूर्वाधार आर्थिक विकास गर्न मात्रै नभई दीर्घकालीन विकासको लागि आवश्यक पर्छ’, वाग्लेले भने, ‘कोभिड महामारीबाट आफ्नो क्षमतालाई सामथ्र्यमा बदल्न सिक्नुपर्ने भएको छ।’ 

उनले दोस्रोमा पूर्वाधारमा वित्तीय व्यवस्थापन संस्थागत सुशासनको रुपमा विकास गर्नुपर्छ। आयोजना फाइदाजनक, प्रक्रिया पारदर्शिता हुनुपर्ने बताए। तेस्रोमा पूर्वाधार विस्तारमा भौतिकसँगै, सामाजिक, डिजिटल क्षेत्रमा ध्यान दिनुपर्ने बताए। 

हरेक औद्योगिक क्रान्तिबाट संसारका धेरै देशले लाभ लिए पनि नेपालले यसमा लाभ लिन नसकेको बताए। 

‘पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म नेपालले पर्याप्त काम गरेको छैन,’ उनले भने, ‘अहिलेको चौथो औद्योगिक क्रान्ति जुन एआई, सूचना प्रविधि, मसिन लर्निङको उदय भएको छ । यस्ता डिजिटल पूर्वाधारमा ध्यान दिन आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .