ad ad

कर्णाली


रुकुम पश्चिमबाट प्रतिनिधि सभामा जनार्दन शर्मा सर्वसम्मत सिफारिस

रुकुम पश्चिमबाट प्रतिनिधि सभामा जनार्दन शर्मा सर्वसम्मत सिफारिस

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:३०, सुर्खेत

नेकपा माओवादी केन्द्र रूकुम पश्चिमले प्रतिनिधि सभाका लागि जनार्दन शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ। आसन्न मंसिर ४ गते हुने निर्वाचनमा लागि शर्माको नाम एकल सिफारिस भएको हो।

बिहीबार उम्मेदवार छनौटका लागि माओवादी केन्द्रको बैठक रुकुम पश्चिमको मुसिकोट नगरपालिका सेरीगाउँ स्थित सहिद स्मृति सभाहलमा बसेको थियो।

उक्त बैठकले प्रतिनिधि सभाका लागि शर्माको नाम सर्वसम्मत सिफारिस गरिएको माओवादीले जनाएको छ।

यस्तै, प्रदेश सभा  (क) तर्फ प्रत्यक्ष महेन्द्र केसी (पारसमणि) र प्रदेश सभा (ख) तर्फ प्रत्यक्षका लागि राजकुमार शर्मा (आर्ट) को नाम सर्वसम्मत सिफारिस गरेको हो।

रूकुम पश्चिम माओवादी आन्दोलनको आधारक्षेत्रको रूपमा पनि परिचित छ। 

२०७४ को निर्वाचनमा माओवादीका प्रभावशाली नेता एवं अहिलेका अर्थमन्त्री उनै शर्माले ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधि सभा सदस्य जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपाल जंग शाहले १५ हजार ६५९ मत पाएका थिए। 

यस्तै, प्रदेश सभामा पनि दुवै क्षेत्र माओवादीले नै जितेको थियो। ‘क’ मा माओवादीका रातो कामीले १६ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्णबहादुर रोकायाले ८ हजार ५७७ मत मात्रै प्राप्त गरे।

‘ख’ मा माओवादीबाट गोपाल शर्माले १८ हजार ५८७ मत ल्याउँदा कांग्रेसका खडक बहादुर डाँगीले ८ हजार १२७ मत पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .