सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ११.४६ र सेन्सिटिभ सूचक २.१० अंकले घटेको हो।
योसँगै नेप्से १९२६.२८ विन्दुमा झरेको छ। आइतबार २२१ कम्पनीको कारोबार भएकामा २५ लाख २४ हजार कित्ता मात्रै सेयर बिक्री भएको छ।
यो भनेको ७४ करोड ७२ लाखको सेयर कारोबार हो।
पहिलो दिनको कारोबारमा आइतबार सबै उपसूचक राताम्य हुनपुगेका छन्। योसँगै २६ वटाको सेयर बढे पनि १५६ वटाको घटेको छ भने ७ वटाको उही मूल्य कायम छ।
आज कमाउनेले ४.५६ प्रतिशत र गुमाउनेले ५.३७ प्रतिशतसम्म नाफाघाटा व्यहोर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ९५ लाखको सर्वाधिक कारोबार भएको छ।
36
Shares
प्रतिक्रिया