टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले ७ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। २०७८/०७९ मा ५६.६३ प्रतिशत बढीले व्यापार बढेको हो।
अघिल्लो वर्ष २०७७/०७८ चार अर्ब ८६ करोड रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीले अघिल्लो वर्षको तुलनामा व्यापारसँगै नाफा पनि बढेको छ। ब्याज, कर, अवमूल्यनसहितको आम्दानी अघिल्लो वर्ष ८ प्रतिशत रहेकोमा अहिले ११ प्रतिशत पुगेको छ।
युनाइटेड ट्रेडर्स सिन्डिकेटले २०७६/०७७मा ३ अर्ब ३० करोड रुपैयाँको ब्यापार गरेको थियो। २०७५/०७६ मा ५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीमा सुरज बैद्यको ६०, रितु सिंह वैद्यको ३० प्रतिशत र सुसन बैद्यको १० प्रतिशत सेयर रहेको छ।
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि १९७१ मा डा. विजय वैद्यले स्थापना गरेका थिए।
वैद्य परिवारले १९६७ देखिनै टोयोटाका गाडी बिक्री गर्दै आएको छ।
60
Shares
प्रतिक्रिया