पर्यटन विभागले हिमाल आरोहीबाट ५ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ।
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति पाएका ४८४ आरोहीबाट उक्त रोयल्टी उठाएको हो।
शरद ऋतुकोलागि हालसम्म ११ वटा हिमाल आरोहणको लागि अनुमति प्रदान गरेको छ।
हिमाल आरोहणका लागि सबैभन्दा बढी मनास्लुको लागि ४०४ आरोहीले अनुमति पाएका छन्। जसमा ३६४ पुरुष र १२० महिला आरोही रहेका छन्।
हालसम्म सगरमाथा आरोहणकालागि ५ जनाले मात्रै अनुमति लिएका छन्। हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकन रहेका छन्।
21
Shares
प्रतिक्रिया