काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा फेरि तालाबन्दी भएको छ।
साना २ वटा संगठनले प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यविरुद्ध आन्दोलन गर्दै तालाबन्दी गरेका छन्।
शाक्यको कार्यकक्षमा तालाबन्दी गर्दै राजीनामा माग गरेका छन्। आन्दोलन गर्नेमा विप्लव निकट मानिने स्वतन्त्र कर्मचारी संघका गोपाल सिंह धामी र कांग्रेसबाट चोइटिएको लोकतान्त्रिक कर्मचारी संघले आन्दोलन गरेको छ।
लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष आन्दोलनको पक्षमा भए पनि महासचिव विपक्षमा रहेका छन्।
एमाले र माओवादीनिकट कर्मचारी संगठन पहिलादेखि नै जन्मदेखि मृत्यु संस्कारमा अत्यावश्यक सेवाको क्षेत्र रहेकाले आन्दोलन गर्न नहुने पक्षमा रहेको थियो।
अहिले कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघका महासचिवले संयुक्त विज्ञप्ति जारी गर्दै सीईओको कार्यकक्षमा ताला लगाएको विरोध जनाएका छन्।
Shares
प्रतिक्रिया