यही असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएका सेयरधनीले मात्र एनसीसी बैंकको लाभांश पाउने भएका छन्।
बैंकको ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिभन्दा अघिसम्म सेयर कारोबार भई प्रचलित नियमअनुसारको समयभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आगामी कात्तिक १४ भित्र सेयरधनी दर्ता किताबमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीले लाभांश पाउने निर्णय गरेको हो।
साथै त्यस्ता सेयरधनीले साधारणसभामा सहभागिता समेत जनाउन पाउनेछन्। कात्तिक १४ गते एक दिन बैंकको सेयरधनी दर्ता किताबमा दाखिल खारेज बन्द गर्ने निर्णय समेत भएको बैंकले जनाएको छ।
33
Shares
प्रतिक्रिया