ad ad

कारोबार


हावाबाट बिजुलीः मुस्ताङको चुम्जुङ गाउँ एकै वर्षमा झलमल्ल (भिडियाे)

हावाबाट बिजुलीः मुस्ताङको चुम्जुङ गाउँ एकै वर्षमा झलमल्ल (भिडियाे)

नेपालखबर
असार १०, २०७६ मंगलबार ९:१०,

समुद्री सतहबाट ४ हजार १ सय मिटरको उचाइमा रहेको मुस्ताङको चुम्जुङ गाउँमा एकै वर्षमा बिजुलीले झलमल्ल भएको छ। यसले उक्त गाउँका ३७ घरधूरी अंध्यारोमुक्त भएका छन्।

इनर्जी, इन्भाइरोन्मेन्ट रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर (ईईआरडीसी) र पिपुल इनर्जी एण्ड इन्भाइरोन्मेन्ट डेभलपमेन्ट एसोसिएसन (पीईईडीए)को संयुक्त प्रयासमा १ वर्षभित्रै गाउँमा वायु ऊर्जा निकाल्न सफल भएको हो। जिल्लाको मुख्य बजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दूरीमा उक्त गाउँ पर्छ जुन जिल्लाकै उच्च स्थानमा रहेको हिमाली बस्ती पनि हो।

यहाँ प्रतिसेकेन्ड औसत आठ मिटरको गतिमा हावा वहन्छ। सुख्खा र फुस्रा पहाडको बीचमा रहेको गाउँ झलमल्ल पार्ने काम भने वायु ऊर्जाबाट सम्भव भएको हो।

गाउँ नै उज्यालो
प्रकृतिले दिएको तीव्र गतिको हावा र पारिलो घाम यस गाउँका लागि महत्वपूर्ण ऊर्जास्रोत भएको छ। यसबाट निस्केको बिजुलीले चुम्जुंगका घरलगायत चोकमा समेत बत्ती जडान गरिएका छन्। गाउँका विद्यार्थीलाई ध्यानमा राखी श्रव्य दृश्य प्रयोजनका लागि सामुदायिक भवनमा टिभी पनि जोडिएको छ।

भिडियाे 

साइमेन्पु फाउन्डेसन, फिनल्यान्ड तथा इको इनर्जी नामक दातृसंस्थाको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको छ। ईईआरडीसी र पीईईडीएले संयुक्त रुपमा आयोजना १ वर्षमै सम्पन्न गरी गाउँलेलाई हस्तान्तरण गरेका हुन्। बिजुली आएपछि गाउलेहरु उत्साहित भएका छन् भने जनप्रतिनिधिहरुलाई पनि अचम्म बनाएको छ। गण्डकी प्रदेशकी प्रदेश सांसद इन्द्रधारा विष्टले भनिन्, ‘गाउँमा चार किलोवाटको सौर्य÷वायु ऊर्जा हाइब्रिड प्रणालीमार्फत नवीकरणीय ऊर्जाको परियोजना सफल गर्ने सबैलाई धन्यवाद छ।’

त्यस्तै लोमानथाङ गाउँपालिका ४ का वडा सदस्य सिचुङ गुरुङले मुस्तांग जिल्ला हावा र घामबाट बिजुली निकाल्नको लागि नेपालकै सबैभन्दा उपयुक्त ठाउँ भएको सुन्ने गरेको धेरै भए पनि आयोजनाले त्यसलाई प्रमाणित गरेको बताए। उनले भने, ‘एक वर्षभित्रै गाउँमा नयाँ टावर ठडियो, निरन्तर घुमिराख्ने पंखा जोडियो, नजिकै घामतिर फर्काएर सोलार प्यानेल राखियो, त्यसपछि गाउँमा बिजुली आयो।’ अब यो आयोजनाको व्यवस्थापन र सञ्चालन स्थानीय बासिन्दाले नै गर्ने पीईईडीएका कार्यकारी प्रमुख विराज गौतमले जानकारी दिए।

उनका अनुसार ईईआरडीसी र पीईईडीएले यो आयोजनाभित्रै गाउँलेको घरमा आवश्यक वायरिङ्ग तथा बल्ब समेत उपलब्ध गरिदिएको छ। ४ कि.वा. क्षमताको हाइब्रिड प्रणालीमा ३ कि. वा. सोलार तथा १ कि. वा. वायु ऊर्जा जोडिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .