ad ad

कारोबार


वसन्तपुरमा थाहा पर्यटकीय फोटो प्रदर्शनी, १३ हजारले अवलोकन गरे

वसन्तपुरमा थाहा पर्यटकीय फोटो प्रदर्शनी, १३ हजारले अवलोकन गरे

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ११:४१, काठमाडौँ

थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको वसन्तपुर काल भैरव डबलीमा भएको थाहा पर्यटकीय फोटो प्रदर्शनीमा ६ सय विदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेका छन्। 

३ दिने फोटो प्रदर्शनीमा स्थानीय युवा फोटो पत्रकार गणेश विष्टले खिचेका थाहा नगर र इन्द्रसरोवर आसपासका फोटो प्रर्दशनी गरिएको हो। 

पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवन यापन, कला, संस्कृति, धार्मिक स्थलहरु आदि समेटिएको करिब एक सय ओटा फोटोहरु यही कात्तिक १८ देखि २० गतेसम्म प्रदर्शनीमा राखिएको थियो ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताए ।

 उनले नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तब्य सूचित गरेको बताए। 

कार्यक्रमका आयोजक थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको र देशको संघीय राजधानीको मुटुमा आफ्नो गाउँ र ठाउँ चिनाउने अवसर पाउदा अत्यन्त खुसी व्यक्त गरे। 

प्रदर्शनीमा राखिएका फोटोहरु  जर्मनी, न्युजिल्यान्ड, क्यानाडा  र उक्रेनका पर्यटनकले खरिद गरे भने करिव २५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम ब्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादव जंग रायमाझीले  बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .