ad ad

कारोबार


कपिलवस्तुमा यस वर्ष तोरीको उत्पादन बढ्ने

कपिलवस्तुमा यस वर्ष तोरीको उत्पादन बढ्ने

प्रकाश न्यौपाने
पुस ४, २०७६ शुक्रबार ७:४२,

कपिलवस्तुमा यसवर्ष तोरी उत्पादन बढ्ने भएको छ। यसवर्ष तोरी खेती गर्ने सिजनमा बीउ, मलखाद तथा सिँचाइको सुविधा भएकाले उत्पादन बढ्ने भएको हो।

कृषि ज्ञान केन्द्र कपिलवस्तुले यो वर्ष हरेक हिसावले तोरी खेतीका लागि मौसम उपयुक्त भएको जनाएको छ।

‘गतवर्ष समयमै मल, बीउ पाउन मुस्किल भएको थियो। समयमै तोरी छर्न नपाउँदा र आवश्यक मलबीउको अभावमा तोरी सोंचेजति उत्पादन हुन सकेन। यो वर्ष सबै हिसावले तोरी खेतीका लागि उपर्युक्त समय भएकाले उत्पादन बढ्ने हाम्रो अपेक्षा छ’, कृषि ज्ञान केन्द्रका प्रमुख रामगोविन्द अर्यालले भने। केन्द्रले यसवर्ष तोरी उत्पादन दश प्रतिशतसम्मले बृद्धि हुन सक्ने अनुमान गरेको छ।

अघिल्लो वर्ष मल नपाउँदा किसान भारतीय मल प्रयोग गर्न बाध्य थिए। किसानले कम पोषकतत्व भएको मल जथाभावी प्रयोग गर्दा उत्पादनमा ह्रास आएको थियो। किसानले यो वर्ष स्वदेशबाटै खरिद गरिएको मल प्रयोग गरेका थिए। साथै यो वर्ष तोरीलाई आवश्यक सिँचाइसँगै आकासे पानी पनि परेकाले तोरीका लागि उपयुक्त समय भएको केन्द्रले जनाएको छ।

‘यसवर्ष तोरीमा फूल पनि राम्रो लागेको थियो। अहिले कोषा पनि राम्रै लागेको छ। त्यसैले उत्पादन बढ्छ की भनेर हामी खुशी भएका छौं’, कपिलवस्तुका किसान रामवृक्ष यादवले भने।

केन्द्रका अनुसार यस वर्ष जिल्लामा २ हजार ८ सय १५ हेक्टर जमिनमा तोरी खेती भएको छ। तोरी खेतीबाट कपिलवस्तुमा वार्षिक प्रतिहेक्टर ९ सय ८० केजी तोरी उत्पादन हुने गरेका छ। कपिलवस्तुमा कुल खेतीयोग्य जमिन १ लाख ७३ हजार ८ सय हेक्टर छ। यसवर्ष तोरी खेती राम्रोसँग फस्टाएको हुनाले तोरी उत्पादन बड्न सक्ने केन्द्रले अुनमान गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .