ad ad

राजनीति


नागरिकता कानुनको विरोधकै बीच मोदीले भनेः देशको हितका लागि जनताको आक्रोश सहनुपर्छ

नागरिकता कानुनको विरोधकै बीच मोदीले भनेः देशको हितका लागि जनताको आक्रोश सहनुपर्छ

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ८:१६,

नागरिकता कानुनसम्बन्धी ऐनलाई लिएर देशभर आन्दोलन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशको हितमा काम गर्दा जनताको आक्रोशलाई सहनुपर्ने र आरोपलाई पचाउनुपर्ने बताए।

माेदीले भने, ‘देशको हितका लागि काम गर्दा धेरै आक्रोशको र असन्तुष्टिको सामना गर्नुपर्दछ र धेरै आरोपहरु पनि पचाउनुपर्छ।’

शुक्रबार दिल्लीका १२ स्थानमा निषेधाज्ञा जारी भइरहकै समयमा प्रधानमन्त्री मोदीले भारतीय उद्योग तथा वाणिज्य संघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २०२० को नयाँ दशक सबैका लागि खुशी र समृद्धिको दशक हुने बताए।

उनले भारतीय अर्थ व्यवस्थामा सुधार आइरहेको र आगामी दशकमा यसमा अझै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। ‘केही वर्ष पहिले हाम्रो अर्थव्यवस्था कमजोर हुँदै गइरहेको थियो, हाम्रो सरकारले यसलाई रोकेको छ', उनले भने।

उनले सय वर्षको यात्राका लागि संघलाई बधाई समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .