सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो।
बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १ सय ९८ रुपैयाँ ८९ पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६ सय ८६ रुपैयाँ ९५ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७ सय ७३ रुपैयाँ मात्र बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच गत साउन १५ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ। सोअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ।
Shares
प्रतिक्रिया