ad ad

कारोबार


चीनको छेन्दुमा होटल संघ नेपालको नेपाल प्रवर्द्धन कार्यक्रम

चीनको छेन्दुमा होटल संघ नेपालको नेपाल प्रवर्द्धन कार्यक्रम

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:२९,

छिमेकी मुुलुक चीनको छेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही डिसेम्बर १६–२०, २०१९ मा जिनजियाङ होटलमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ उक्त कार्यक्रम गरिएकाे हाे।

डिसेम्बर १८ मा आयोजित उक्त कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले स्वागत मन्तव्यका क्रममा होटल संघ नेपालको निमन्त्रणामा आएका प्रमुख अतिथि राजदूत लिलामणी पौडेल, चेन्दुस्थित लेसान नगरपालिकाका उपमेयर लियो के क्वान र टूर अपेटर तथा मिडियाकर्मीलाई स्वागत गर्दै नेपालको पर्यटनको बारेमा चर्चा गरे।

संघकी अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीचको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। अध्यक्ष राणाले नेपालको होटलको इतिहासका बारेमा भिडियो प्रस्तुत गर्दै समग्र नेपाली पर्यटनको बारेमा चर्चा गरिन्। उनले नेपाल भ्रमण वर्षको समिति सदस्यको हैसियतले नेपालको पर्यटनको बारेमा प्रस्तुतीकरण गर्दै भ्रमण वर्षभरि खाना र बसोबासको लागि आकर्षक छुट दिएको पनि बताइन्।

प्रमुख अतिथि राजदूत लिलामणि पौडेलले नेपाल भ्रमणका अवसरमा आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए। बिटुबी बैठकमा छेन्दुस्थित करिब १२० जना टुर अपरेटरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे।

कार्यक्रमको विशेष अतिथि लेसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा आकर्षण रहेको बताउँदै उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि पहल गर्ने बताए। उनले होटल संघ नेपालबाट आयोजना गरिएको यस कार्यक्रमले अझ चिनियाँ पर्यटकहरुको नेपाल प्रति बढ्दो आकर्षण रहेको बताउँदै दुई देशीय पर्यटन प्रवद्र्धन सम्बन्धी सक्दो सहयोग गर्ने बताए।

संघका महासचिव साजन शाक्यले प्रमुख अतिथि राजदूत लिलामणि पौडेल, विशेष अतिथि लेसान नगरपालिकाका उपमेयर लियो के क्वान, समग्र टुर अपरेटर तथा चेन्दुका मिडियाकर्मीहरुलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गरेका थिए। त्यस्तै, नेपाल पर्यटन वर्षको संघारमा रहेको हुँदा चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न होटल संघ नेपाल आतुर रहेको बताउँदै उहाँले टुर अपरेटरहरुलाई नेपाल पर्यटनका लागि प्रमुख गन्तव्यको सूचीमा रहेको जानकारी गराउँदै नेपाल भ्रमण गर्नका लागि आग्रह गरे।

नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ट्रिका साँग इन्टरनेसनल होटलले राजकीय रात्रिभोजको आयोजना गरेको थियो। संघकी अध्यक्ष राणाले प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिइन्। सोही अवसरमा संघको अर्धवार्षिक साधारणसभा पनि सम्पन्न भएको हानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .